Homeसमाचारनेपाल६ देशका लागि राजदूत सिफारिस

६ देशका लागि राजदूत सिफारिस

६ देशका लागि राजदूत सिफारिस

काठमाडौं, 15 जुलाई 2023

सरकारले रिक्त रहेका ६ नियोगमा राजदूत सिफारिस गरेको छ । सात नियोगहरूमा राजदूत खाली भएको रहेको अवस्थामा क्यानडाबाहेक अन्य स्थानमा करिअर राजदूतहरूलाई सिफारिस गरेको हो ।

परराष्ट्र स्रोतका अनुसार बिहीबार राजदूत सिफारिस गरिएको हो । तर यो सूचीमा परराष्ट्र सचिव भरतराज पौड्याल भने परेका छैनन् । उनको यही वर्षको मंसिरमा उमेर हदका कारण कार्यकाल सकिँदैछ । मन्त्रिपरिषद्को निर्णयअनुसार ६ जना मन्त्रालयका सहसचिवहरूलाई राजदूतमा सिफारिस गरिएको छ ।

न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगमा सहसचिव लोकबहादुर थापालाई सिफारिस गरिएको छ । थापा बेल्जियमका लागि नेपालका पूर्वराजदूत हुन् भने अहिले मन्त्रालयमा उत्तरपूर्वी एसियाका महाशाखा प्रमुखका रूपमा कार्यरत छन् । उनीबाहेक बाँकी ५ जना सहसचिव पहिलो पटक राजदूतमा सिफारिस भएका हुन् ।

जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगमा सहसचिव रामप्रसाद सुवेदीलाई सिफारिस गरिएको छ । उनी मन्त्रालयमा दक्षिण एसिया महाशाखा प्रमुखको रूपमा कार्यरत थिए ।

प्रोटोकल डिभिजनका प्रमुख सुधीर भट्टराईलाई फ्रान्सका लागि राजदूतमा सिफारिस गरिएको छ । यस्तै, प्रशासन प्रमुख धनश्याम लम्साल कुवेतका लागि राजदूतमा सिफारिस भएका छन् ।

सहसचिव तेजबहादुर क्षेत्रीलाई यूएईको राजदूतमा सिफारिस गरिएको छ । उनी अहिले मन्त्रालयमा मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख छन् । सहसचिव धनबहादुर वली थाइल्यान्डको लागि राजदूत भएका छन् । उनी अहिले क्षेत्रीय संगठन महाशाखामा प्रमुखका रूपमा कार्यरत छन् ।

 

 

 

 

 

 

 

 

यो समाचार पनि पढनुहोस्…

  1. प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन
  2. हामी सरकारमा जाने रेस र गेममा छैनौँ: लामिछाने
  3. शाहरुख खानले दिए यस्तो जवाफ

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...