कास्कीमा भूकम्पको धक्का
काठमाडौं, 19 जुलाई 2023
कास्कीमा आज बिहान भूकम्प गएको छ । बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्की केन्द्र बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
गत २८ असारमा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो।
यसअघि हिजो साँझ बझाङ केन्द्र बनाएर भूकम्प गएको थियो ।









































