बाढी–पहिरोका कारण विभिन्न ठाउँमा राजमार्ग अवरूद्ध
काठमाडौं, 25 जुलाई 2023
अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण विभिन्न ठाउँमा राजमार्ग अवरूद्ध बनेका छन् ।
सडक विभागका अनुसार देशभरका ६ वटा राजमार्ग पूर्ण रूपमा अवरूद्ध बनेका छन् । बाढी पहिरोका कारण चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक (तमोर करीडोर) सडक, भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट सडक र भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट सडक अवरुद्ध बनेका हुन् ।

यस्तै बेलहिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा (सिद्धार्थ राजमार्ग) सडक खण्ड अवरुद्ध पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।
त्यस्तै १९ वटा राजमार्ग एकतर्फी अवरुद्ध भएको विभागले जनाएको छ । विभागका अनुसार ९१ वटा राजमार्ग अवरुद्ध भएर पुन: खुलेका छन् ।
यो समाचार पनि पढनुहोस्…









































