बालकोटमा सांगीतिक माहोल, रागमा लठ्ठ ओली
काठमाडौं, 28 जुलाई 2023
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा बिहीवार बेलुका कलाकारको जमघट भएको छ । उनले आज आफ्नो सामाजिक सञ्जाल मार्फत बिहीबार बेलुका घरमा संयोगवश सांगीतिक माहौल बनेको भन्दै केहि तस्बिर सार्वजनिक गरेका छन् ।
शास्त्रीय संगीत र रागमा प्रसिद्ध कलाकारहरू अच्युतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी तथा प्रसिद्ध गायक शिशिर योगी बालकोट पुगेका थिए । ओलीले भनेका छन्, ‘शास्त्रीय संगीतका साधकहरूले सुनाउनु भएको मेघमल्लार र सिंह भैरवी रागको आनन्द अनि शिशिर योगीका गीतको मिठास ! रमाइलो भयो, उहाँहरूलाई धन्यवाद ।’