Homeसमाचारनेपालप्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको ओलीको टिप्पणी

प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको ओलीको टिप्पणी

प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको ओलीको टिप्पणी

काठमाडौं, 5 अगस्ट 2023

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको टिप्पणी गरेका छन् । ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा राष्ट्रिय स्वार्थ प्रधान नभई सत्तास्वार्थ मात्रै प्रधान भएको दाबी गरे ।

पार्टीको परराष्ट्र मामिला विभागले शनिवार काठमाडौँमा आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति सम्बन्धी नेकपा (एमाले) को धारणा’ विषयक विचार गोष्ठीमा मात्रै उनले नेपाली आवश्यकता, नेपाली हित, नेपालको न्यायोचित पक्षमा हुनुपर्ने कुराहरूमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणमा धेरै कमजोरीहरूको देखाएको जिकिर गरे।

अध्यक्ष ओलीले प्रधानमन्त्रीले भ्रमणमा भूगोलको र सीमा समस्या बारे टुङ्गो लगाउन नसकेको भन्दै भ्रमण राष्ट्रिय स्वार्थ भन्दा पनि सत्ता स्वार्थ प्रधान भएको बताए ।

उनले भने, ‘अहिलेका प्रधानमन्त्री भारत जानु भयो के के सम्झौता गर्नुहुन्छ केही बताउनुहुन्न जे गर्नुपर्ने त्यो केही पनि काम गर्नुभएन । हाम्रो भूगोलको बारेमा सीमाको बारेमा जो भारतले विभाजित बनाउन खोजेको छ । त्यस सम्बन्धमा टुङ्गो लागेन यस्ता नेपालको आवश्यकता र भावना नेपाली न्यायोचित पक्षमा हुनुपर्ने कुरामा कमजोरी देखाइयो सत्ता स्वार्थ प्रदान भयो राष्ट्रिय स्वार्थ प्रदान भएन ।’

अध्यक्ष ओलीले इपीजी प्रतिवेदन र नेपालको भूमिबारे समेत प्रधानमन्त्री दाहालले भारतीय पक्षसँग कुनै कुरा गर्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले राष्ट्रिय हितलाई सर्वोपरि राखेर मात्रै परराष्ट्र नीति तय गर्न आफूहरू सदैव तयार रहेको र रहिरहने अडान समेत राखे । सरकारले मनपरी र बेठिक ढङ्गले अघि बढाएको परराष्ट्र सम्बन्धमा आफ्नो पार्टीको साथ नरहने ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले भारत र चीन दुई मित्र राष्ट्रहरु भएकाले उनीहरुसँग खुलस्त कुरा राखेर मात्रै आपसी समस्यालाई समाधान गर्न सकिने बताए । उनले आफ्ना जायज मागहरु पनि छिमेकीसँग राख्न नसक्ने हो भने त्यस्तो खालको सरकार र सत्ताको कुनै अर्थ नहुने पनि दोहोर्याए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो समाचार पनि पढनुहोस्

  1. लामिछानेले भोटका लागि सस्तो राजनीति गरे
  2. मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...