राहुल गान्धीको लोकसभा सदस्यता बहाल
दिल्ली, 7 अगस्ट 2023
भारतीय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्य बहाल भएको छ। केरलाको वायनाडबाट सांसद भएका हुन्। लोकसभाको सचिवलायलयले एक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशपछि गान्धीको सांसद पद बहाली गरिएको उल्लेख गरेको छ।
मानहानि मुद्दामा त्यहाँको सर्वोच्च अदालत (सुप्रिम कोर्ट)ले सफाइ दिएपछि उनको सांसद पद पुनर्बहाली भएको थियो । लोक सभाका सभामुख ओम बिडलाले आजै बिहान उनको सांसद पद पुनर्बहाली गरेका थिए ।
सांसद पद पुनर्बहाली भएपछि उनी संसद् भवन पुगेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । सन् २०१९ मा राहुल गान्धीले ‘मोदी थर’ बारे एक बयान दिएका थिए । यसको विरुद्धमा भाजपा विधायक पूर्णेश मोदी सुरतको तल्लो अदालत पुगेका थिए ।

तल्लो अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो । अदालतले फैसला गरेको २४ घण्टाभित्र उनको लोकसभाको सदस्यता खारेज भएको थियो ।
तर, शुक्रवार सर्वोच्च अदालतले राहुल गान्धीको सजायमा रोक लगाएको थियो । त्यसपछि उनको सदस्यता पुनर्स्थापना भएको हो ।
यो समाचार पनि पढनुहोस्…
- फैलिँदै आँखा पाक्ने रोग, यसबाट बच्न डाक्टरको सुझाव
- प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित









































