नागरिकता ऐनको प्रभावकारी कार्यान्वयन गर्न छिट्टै नियमावली ल्याउँछौँ : श्रेष्ठ
काठमाडौं, 9 अगस्ट 2023
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता ऐनको प्रभावकारी कार्यान्वयन गराउन छिट्टै नियमावली ल्याउने बताएका छन् ।
बुधबार ललितपुरमा आयोजित नेपाल नागरिकता ऐनको कार्यान्वयनको अवस्था सम्बन्धि एक अन्र्तक्रिया कार्यक्रममा गृहमन्त्री श्रेष्ठले ऐनको प्रभावकारी कार्यान्वयन गराउन समन्वयन गर्ने बताए । तर, नियमावलीमा नेपाली महिलाले विदेशी नागरिकसँग विवाह गरे तिनका सन्तानले वंशजको आधारमा नागरिकता पाउनु पर्ने मागलाई भने संविधान र कानूनले नै नचिन्ने स्पस्ट पारे ।
उनले भने, ‘नेपाली नागरिक महिलाले विदेशी बावुसँग विवाह गरेको अवस्थामा तिनका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भन्ने कुरा अहिले संविधान र कानूनसँग मेल खादैन । त्यसकारण नियमावलीमा त्यसलाई व्यवस्था गर्न सकिँदैन् । अरु सबै समितिले भनेको व्यवस्था हुन्छ । खाली ऐनलाई सरलीकृत मात्रै गरिएको छ अहिले । पहिला अंगिकृत नागरिकता लिन निस्सा चाहिन्थ्यो अहिले अहिले स्वघोषणा भए पुग्छ ।’
गृहमन्त्री श्रेष्ठले ऐनमा नेपाली महिला र विदेशी नागरिकबाट भएका सन्तानले नेपालमै बस्छु भनेमा उसलाई आमाको नामबाट अङ्गीकृत नागरिकता सरल रूपमा प्रदान गर्ने र त्यसमा लामो समयबाट धेरै छलफल र बहस हुँदै आएकाले समस्या नहुने धारणा राखे ।
त्यस्तै उनले नेपाल नागरिकता ऐन जारी भएपछि ठूलो संख्यामा जन्मसिद्धको सन्तानले नागरिकता लिनको लागि आवेदन दिएकाले लामो लाइन कुर्नुपर्ने परिस्थिति आएकाप्रति ध्यानाकर्षण भएको बताए ।
यो समाचार पनि पढनुहोस्…
- शुक्रबार ‘जेलर’ रिलिजको दिन चेन्नई र बैंग्लोरका कर्मचारीलाई बिदा
- विपद व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन









































