राष्ट्रियसभाका अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेटवार्ता
काठमाडौं, 10 अगस्ट 2023
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले भेटवार्ता गरेका छन्।

तिमिल्सिना र हास्मीले बुधबार उनको सरकारी निवासमा शिष्टाचार भेट गरे । त्यसअवसरमा नेपाल–पाकिस्तान सम्बन्धका साथै दुवै देशका संसद् र संसदीय गतिविधिबारे विचारविमर्श भएको थियो ।
उनीहरूले पारस्परिक हित र चासोका अन्य विषयमा पनि छलफल गरेका थिए । त्यसअवसरमा नेपाल–पाकिस्तान सम्बन्धका साथै दुवै देशका संसद् र संसदीय गतिविधिबारे विचारविमर्श भएको थियो ।
उनीहरूले पारस्परिक हित र चासोका अन्य विषयमा पनि छलफल गरेका थिए ।
अध्यक्ष तिमिल्सिनालाई पाकिस्तानी सिनेटका अध्यक्ष मुहम्मद सदिक सञ्जरानीका तर्फबाट पाकिस्तान भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गरे । सिनेटका अध्यक्षले भ्रमणका निम्ति आमन्त्रण गरेकोमा आभार व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले उपयुक्त समयमा भ्रमण गर्ने जानकारी राजदूत हास्मीलाई दिएका अध्यक्ष तिमिल्सिनाको निजी सचिवालयले जनाएको छ ।

यो समाचार पनि पढनुहोस्…
- संसद् चल्दैन बार्गेनिङ चल्छ : सभापति लामिछाने
- शुक्रबार ‘जेलर’ रिलिजको दिन चेन्नई र बैंग्लोरका कर्मचारीलाई बिदा









































