Homeसमाचारनेपालविद्युत व्यापार सरकारको प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड

विद्युत व्यापार सरकारको प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड

विद्युत व्यापार सरकारको प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, 22 अगस्ट 2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तरदेसीय ट्रान्समिसन लाइन विस्तार गरी विद्युत् व्यापारलाई प्राथमिकता दिएको बताएका छन् ।

प्रधानमन्त्री
प्रधानमन्त्री

आज मंगलबार चितवनमा भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार विद्युत् उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पूरा गर्न लागि परेको भन्दै यसका लागि अन्तरदेशीय ट्रान्समिसन लाइन विस्तार गरि विद्युत् व्यापारलाई प्राथमिकता दिएको बताए ।

हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत् खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको र बंगलादेशसँग विद्युत् व्यापारको ढोका खुलेको जिकिर गरे ।

‘एउटा छिमेकी देश भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली व्यापार गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ, यसलाई चाँडै अन्तिम हस्ताक्षर गर्दैछौ । नेपालको बिजुली बङ्गलादेशसम्म पुर्‍याउन तीन देशबीच सैद्धान्तिक सहमति भइसकेको छ’, उहाँले भन्नुभयो, ‘अर्को छिमेकी देश चीनको भ्रमणमा छिट्टै जाँदैछु, चीनसँग प्रसारण लाइन र बिजुली व्यापारका विषयमा सम्झौताहरू हुँदैछन्, यसबाट देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने छ ।’

उनले आफ्नो आसन्न चीन भ्रमणमा पनि विद्युत् व्यापारसम्बन्धी कुराकानी हुने बताए । प्रधानमन्त्री प्रचण्डले विद्युत् विकासमा उत्पादन, प्रशारण र वितरणको नीति लिइनुपर्नेमा पनि जोड दिए ।

बंगलादेशसँग विद्युत व्यापारको ढोका खुलेको बताउँदै प्रधानमन्त्री दाहालले आसन्न चीन भ्रमणमा पनि विद्युत व्यापारको सम्भावना रहेको जानकारी दिए । यद्यपि प्रधानमन्त्रीले आफूहरूको जोड बढि भन्दा बढि स्वदेशमा विद्युत खपत गरी जनताको जीवनस्तर उकास्नतर्फ नै सरकारको जोड रहेको पनि स्पष्ट पारे ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी) को सहुलियतपूर्ण ऋणमा सब स्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो समाचार पनि पढनुहोस्…

  1. जातीय विभेद् गर्नेलाई राज्यले आजीवन कारावासको सजाय दिनुपर्छ
  2. महाकालीमा पानीको सतह बढेपछि सवारीसाधन रोकिए

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...