Homeसमाचार६१ जिल्ला मनसुनबाट प्रभावित, ६३ जनाको मृत्यु

६१ जिल्ला मनसुनबाट प्रभावित, ६३ जनाको मृत्यु

६१ जिल्ला मनसुनबाट प्रभावित, ६३ जनाको मृत्यु

 

काठमाडौँ, 17 अक्टोबर 2023

नेपालमा यस वर्षको मनसुन बाहिरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

नेपालमा यो वर्ष गत जेठ ३१ बाट मनसुन भित्रिएको थियो । मनसुनमा पूर्व जडान गरिएका ३४ वटा स्मार्ट साइरनबाट ८३२ वटा अलर्ट जारी भएका थिए । मनसुन नेपाल प्रवेश गरेकै दिनदेखि अविरल रुपमा परेको वर्षाका कारण पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, पाँचथर र संखुवासभामा ठूलो मानवीय तथा भौतिक क्षति भएका थिए ।

प्राधिकरणका प्रवक्ता धु्रब बहादुर खड्काका अनुसार मनसुन अवधिमा पहिरोका ४५९, भारी वर्षाका १६८, बाढीका १४२ र चट्याङका १२३ घटना गरी कूल ८९२ घटना अभिलेख भएका थिए । विपद्का घटनामा ९२ जनाको मृत्यु भएको थियो भने १६८ जना घाइते भएको भएको उनले बताए । विपद्मा परी ३० जना मानिसहरु अझै बेपत्ता छन् । मनसुन अवधिमा ६ हजार एक सय ३० परिवार प्रत्यक्ष प्रभावित भएका थिए । त्यस्तै दुई सय ४३ निजी घरमा पूर्ण र ७२० वटा घर आंशिक क्षति पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार निजी आवासतर्फ मात्रै करिब ३३ करोड रुपैयाँ बराबरको क्षति अनुमान गरिएको छ ।

मनसुन अवधिमा १५ वटा पक्की पुल क्षतिग्रस्त हुँदा १ अर्ब २० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान प्राधिकरणले गरेको छ । त्यसैगरी २७ वटा झोलुङे पुल क्षति हुँदा १२ करोड, सडक, करिडोर तथा राजमार्गमा भएको क्षतिमा २८ करोड अनुमानित क्षति पुगेको प्राधिकरणले जनाएको छ । खानेपानी संरचनाहरुमा करिब ८ करोडको क्षति अनुमान गरिएको जानकारी खड्काले दिए । उनका अनुसार सिंचाइतर्फ ३ करोड ५० लाखको क्षति भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अनुसार संचालनमा आइसकेका १३ निर्माणाधीन १७ र लघु २७ गरी ५७ वटा जलविद्युतमा क्षति पुग्दा करिब नौ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...