अभिनेता शाहरूखले आफ्नो कठिन समयमा पाएका थिए छोरा आर्यनको साथ
काठमाडौं ,1 नोभेम्बर 2023
भारतका बलिउड अभिनेता शाहरूख खानले निकै हिट फिल्म दिएका छन्। हालै उनका दुई फिल्म ‘जवान’ र ‘पठान’ दर्शकको मन जित्न सफल भएका छन्।
फिल्मको कथा जस्तोसुकै भएतापनि उनको अभिनयहरु जीवन्त हुन्छन्। फिल्म क्षेत्रमा छुट्टै माहोल बनाएको उनलाई बलिउडको हिम्मतको रूपमा लिइन्छ। फिल्म क्षेत्रमा लागिसकेपछि छोराछोरी, परिवार अनि अभिनयको जिम्मेवारी निकै ठूलो हुन्छ। त्यसमाथि आफूले गर्नुपर्ने दायित्वलाई पनि एक अभिनेताले इमान्दारीको साथ निर्वाह गर्नुपर्छ।
उनलाई जेठो छोरा आर्यनले कठिन यात्रामा साथ दिएका छन्। बाबुछोरा सँगै मिलेर एक फिल्ममा काम गरेका थिए। फिल्म ‘द लायन किङ’ मा उनीहरूले एकसाथ काम गरेका हुन्। यो फिल्म सन् २०१९ मा प्रदर्शन भएको थियो।
शाहरुखले पनि आफ्नो परिवार र फिल्म क्षेत्रका जिम्मेवारीलाई राम्रोसँग निर्वाह गरेकाे देखिन्छ। शाहरूख सफल भएका हाेस् या असफल परिवारकाे बलियाे साथ-सहयाेग रहँदैआएकाे छ।
‘द लायन किङ’ ले भारतमा १३०० करोड भारूमाथि कमाएको थियो। २६ करोड भारूमा बनेको फिल्मलाई दर्शकले खुबै मन पराएका थिए। उनीहरूको यो कामले दर्शकलाई राम्रो सन्देश पनि दिएको छ। यो कुराले के पनि देखाएको छ भने फिल्म क्षेत्रमा पारिवारिक मेलमिलाप, साथसहयोग हुँदा एक अभिनेतालाई बलियो प्रेरणा मिल्छ भन्ने बुझाएको छ।