Homeसमाचारनेपालविपिन जोशी हमासको नियन्त्रणमा रहेको इजरायल सरकारले गर्यो पुष्टि

विपिन जोशी हमासको नियन्त्रणमा रहेको इजरायल सरकारले गर्यो पुष्टि

विपिन जोशी हमासको नियन्त्रणमा रहेको इजरायल सरकारले गर्यो पुष्टि

काठमाडौं ,2  नोभेम्बर 2023

इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच युद्व सुरू भएयता बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ ।

नेपाल बाट इजरायल ग​एका जोशी इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट अक्टोबर ७ देखि बेपत्ता पारिएका थिए । इजरायलको प्रधानमन्त्री कार्यालयले उनी हमासको बन्धकमा रहेको पुष्टि गरेको हो ।

इजरायल सरकारले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरेको हो । विपिन गत भदौको अन्तिम साता ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा उनी इजरायल पुगेका हुन् ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको बताएको छ ।

तीमध्ये सबैभन्दा बढी थाइल्यान्डका २४ जना छन् । बन्धक बनाएकामध्ये हालसम्म हमासले ५ जनालाई रिहा गरेको छ ।

हमासले गत अक्टोबर २० मा दुई अमेरिकी नागरिक र २३ अक्टोबरमा दुई जना इजरायली वृद्धालाई हमासले मुक्त गरेको हो । यस्तै, २९ अक्टोबरमा एक इजरायली सेना पनि मुक्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...