Homeसमाचारनेपाल भारत सीमा दशगजामा मर्मत र रंगरोगन सुरु

नेपाल भारत सीमा दशगजामा मर्मत र रंगरोगन सुरु

नेपाल भारत सीमा दशगजामा मर्मत र रंगरोगन सुरु

काठमाडौं ,2  नोभेम्बर 2023

नेपाल भारत सीमा दशगजामा पर्ने सीमास्तम्भको मर्मत तथा रंगरोगजनको काम सुरु भएको छ ।

बिहीबार धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ जटही स्थित १८५ नम्बर सहायक सीमा स्तम्भको मर्मत तथा रंगरोगन गर्दै कार्यको थालनी गरेको हो ।

सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीले संयुक्त रुपमा दशगजामा रहेको सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगन सुरु भएको छ । धनुषामा १५५ सीमास्तम्भ रहेको छ ।

मधेश प्रदेशमा नेपाल र भारत सीमा दशगजामा ४ हजार भन्दा बढी सीमास्तम्भको मर्मत तथा रंगरोगन गर्ने कार्य सुरु भएको मधेश प्रदेश सशस्त्र प्रहरी प्रमुख डिआइजी दिपेन्द्र साहले जानकारी दिए । विजोर नम्बरको सीमास्तम्भ नेपालले र जोर नम्बरको भारतीय एसएसबीले गर्ने उनले बताए ।

उनका अनुसार २०७७ साउनमा जिर्ण भएका सिमा स्तम्भ मर्मतसम्भार गर्ने मन्त्री परिषदले निर्णय गरेको थियो । हराइरहेका सिमास्तम्भ निर्माणबारे नेपाल र भारतीय पक्षबीच छलफल भइरहेको उनले बताए ।

सो अवसरमा अवसरमा नगराइन नगरपालिकाका मेयर विनय यादव, मुखियापट्टि मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, भारतीय एसएसबीका डिपुटी कमाण्डेन्ट सन्तोष निमोरिया लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...