Homeमनोरन्जनआज शाहरुखको ५८ औं जन्मदिन, फ्यानको भीड नियन्त्रण गर्न लाठीचार्ज

आज शाहरुखको ५८ औं जन्मदिन, फ्यानको भीड नियन्त्रण गर्न लाठीचार्ज

आज शाहरुखको ५८ औं जन्मदिन, फ्यानको भीड नियन्त्रण गर्न लाठीचार्ज

काठमाडौं ,2  नोभेम्बर 2023

बलिउड अभिनेता भारतको मुम्बईस्थित आफ्नो निवास मन्नतबाहिर बिहीवार बिहानै फ्यानलाई अभिवादन गर्दै ।

बलिउड अभिनेता शाहरुख खान बिहीवार ५८ औं जन्मदिन मनाउँदैछन् । हरेक वर्षजस्तै यसवर्ष पनि उनले भारतको मुम्बईस्थित आफ्नो निवास मन्नतबाहिर भेला भएका सयौं फ्यानलाई अभिवादन गरे ।

आफ्ना प्रिय सुपरस्टारलाई जन्मदिनको शुभकामना दिन फ्यान रातीदेखि नै मन्नतबाहिर भेला भएका थिए । फ्यानले आतिशबाजी, हुटिङ र कोलाहल गरेर खुशी व्यक्त गरे । शाहरुखले पनि मन्नतको रेलिङमा चढेर फ्यानलाई धन्यवाद दिए । शाहरुखको एक झलक हेर्न उर्लिएको भीड नियन्त्रणबाहिर गएपछि प्रहरीले लाठिचार्ज गर्नुपरेको थियो ।

राति १२ बजेपछि शाहरुख कालो टी-सर्ट, क्याप, कार्गो जिन्स र कालो चस्मा लगाएर मन्नतको रेलिङमा देखापरे । उनले फ्लाइङ किस र थम्ब्स अप गर्दै फ्यानलाई धन्यवाद दिएका छन् । शाहरुखलाई देखेर भीडले उनको जन्मदिनको गीत गाए र चर्को स्वरमा हल्ला गर्न थाले ।

शाहरुख आउनुअघि उनलाई एक झलक पाउनका लागि ब्यारिकेडको लाइन अगाडि आएका फ्यानलाई फेरि धकेल्दै मन्नत बाहिर तैनाथ प्रहरीले लाठीचार्ज गरी भीडलाई नियन्त्रणमा लिएको थियो ।

शाहरुख हरेक जन्मदिनमा आफ्ना फ्यानका लागि मन्नतको रेलिङमा आउँछन् र फ्यानलाई धन्यवाद दिन्छन् । बर्थडे बाहेक शाहरुख ईद र आफ्नो फिल्मको रिलिज वा सफलतापछि रेलिङमा आउँछन् । मन्नत बाहिर दिनहुँ धेरै फ्यान भेला हुन्छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...