Homeमनोरन्जनरेखा थापाको ‘उपहार’ पनि फागुन २५  मा प्रदर्शन

रेखा थापाको ‘उपहार’ पनि फागुन २५  मा प्रदर्शन

रेखा थापाको ‘उपहार’ पनि फागुन २५  मा प्रदर्शन

 

काठमाडौं ,3 नोभेम्बर 2023

रेखा थापा र मुकुन भुषाल, पूजा शर्मा र समर्पणजंग कार्की, बेनिशा हमाल र तेज गिरीलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ । गीतमा फिल्मका तीन जोडीलाई प्रस्तुत गरिएको छ । गीतले फिल्मको चरित्र चित्रणबारे पनि खुलासा गर्छ । पक्कै पनि यो डान्सिङ ट्रयाक तपाईंको सूचीमा पर्नसक्छ ।

बाबुल गिरी र एलिना चौहानको स्वरमा फिल्म ‘उपहार’को पहिलो गीत ‘वाह वाह’ सार्वजनिक भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको यो गीत रोमान्टिक र डान्सिङ महसुस हुन्छ ।

गिरीकै संगीत र शंकर अधिकारी ‘घायल’को शब्दमा तयार भएको गीतमा फिल्मका शीर्ष कलाकार फिचर्ड छन्

सिमसिमे पानीमा रेखा र मुकुनको डान्स मादक लाग्छ । पूजा र समर्पणजंगको केमेस्ट्री हट लाग्छ । बेनिशा र तेजले पनि दोस्रोपटक स्क्रिन सेयर गरेका छन् । काठमाडौं सहरको पृष्ठभूमिमा खिचिएको गीत रमणीय पनि छ ।

ज्ञानेन्द्र देउजाको निर्देशन र रेखा फिल्म्सको निर्माणमा बनेको यो फिल्मले गीत रिलिजसँगै प्रदर्शन मिति समेत घोषणा गरेको छ । यो फिल्म फागुन २५ गते रिलिज हुने भएको छ । रोचक कुरा के छ भने उक्त मितिमा दयाहाङ राईका दुई फिल्महरु ‘रंगेली’ र ‘लोकल हिरो’ले पनि प्रदर्शन घोषणा गरेका छन् भने नवल खड्काको ‘काँडेतार’ पनि सोही मितिमा आउँदैछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...