Homeमुख्य समाचारभूकम्पमा परी जाजरकोटमा ९२ र रुकुमपश्मिमा ३७ जना गरी १२८ जनाको मृत्यु

भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुमपश्मिमा ३७ जना गरी १२८ जनाको मृत्यु

भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुमपश्मिमा ३७ जना गरी १२८ जनाको मृत्यु

काठमाडौं, 4  नोभेम्बर 2023

शुक्रबार मध्यराती जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलब ४ रेक्टरको भूकम्पका कारण हालससम्म १२९ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार मध्यराती गएको उक्त भूकम्पका कारण जाजरकोटमा ९२ जना र रुकुमपश्चिममा ३७ जना गरी १२९ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीको तथ्यांक अनुसार जाजरकोटमा ५५ जना र रुकुमपश्चिममा ८५ जना गरी १४० जना घाईते भएका छन् । घाईतेहरुको जाजरकोट जिल्ला अस्पताल लगायतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उद्धार कार्य जारी रहेको छ ।

जारजकोटको नलगाड नगरपालिकामा धेरै मानविय क्षति भएको छ । पालिकाकी प्रमुख सरिता सिंहसहित त्यहाँ धेरैजनाको भूकम्पका कारण मृत्यु भएको छ ।

जाजरकोटको सदरमुकाम खलंगाबाट ८ घण्टाको दूरीमा रहेको बारेकोट गाउँपालिकाको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले बजार क्षेत्रमा बढी मानविय क्षति गरेको बताइएको छ । केन्द्रबिन्दु रामीडाँडाँमा घरहरु बढी भत्किए पनि मानविय क्षति नभएको पालिकाले जनाएको छ । साथै नलगाड र भेरीनगरपालिकामा पनि बढी मानविय क्षति भएकोछ ।

जाजरकोट सदरमुकामका सडकहरु धुँजा धुजा भएको र संचार सम्पर्क पनि टुटेका कारण क्षतिको पूर्ण विवरण आइनसकेको बताइएको छ ।

भेरी नगरपालिकामा ३५ जना र नलगाड नगरपालिकामा उपप्रमुखसहित ५० जनाको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...