Homeमनोरन्जनसन्तोष सेनको बलिदानमा मुख्य पात्र को ? प्रदीप खड्का अटाउछन् कि नाइ...

सन्तोष सेनको बलिदानमा मुख्य पात्र को ? प्रदीप खड्का अटाउछन् कि नाइ फिल्ममा ?

सन्तोष सेनको बलिदानमा मुख्य पात्र को ? प्रदीप खड्का अटाउछन् कि नाइ फिल्ममा ?

काठमाडौं, 4  नोभेम्बर 2023

यो साल फ्लोरमा जाने भनेको ‘कामिनो’ फ्लोरमा गएको अत्तोपत्तो छैन भने उनको घरेलु ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनले पनि यो पटक प्रदीप बिनै नयाँ फिल्म सुटिङ गर्ने चर्चा छ ।

अघिल्लो साल दुई दुई फिल्म दर्शकलाई दिएका प्रदीप खड्काको यो साल खाली जाने निश्चित जस्तै देखिएको छ ।

‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनले अब ‘बलिदान’ शीर्षकमा चलचित्र बनाउने घोषणा गरिसकेका छन् । केही दिनमै फिल्मको फस्टलुक टिजर पनि सार्वजनिक हुँदैछ । तर यो टिजरमा प्रदीप खड्का अटाएका छैनन् । सन्तोष सेनले डमीका रुपमा कलाकार प्रयोग गरेर टिजर बनाएको चर्चा छ ।

निर्माण टिमले प्रदीपको संलग्नतालाई लिएर स्पष्ट धारणा सार्वजनिक नगरे पनि सेन निकट स्रोतका अनुसार कथामा प्रदीप नसुहाउने भएकाले यो पटक सेनले अरु नै कलाकार लिएर काम गर्दैछन् । यो भनाइ सत्य पनि देखिन्छ किनभने यतिबेला प्रदीप अष्ट्रेलिया पुगेका छन् ।

जबकि सेनले फिल्मको सुटिङ तिहार लगत्तै गर्ने बताएका छन् । यदि प्रदीप फिल्ममा हुन्थे भने सायद अहिले वर्कसपमा हुन्थे । छैनन् मतलब प्रदीप फिल्ममा पनि छैनन् ।प्रदीपले दिनेश राउतको निर्देशनमा तीनवटा फिल्ममा काम गर्ने चर्चा भइसक्यो । तर दिनेश राउतको फिल्मको काम पनि अघि बढ्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...