Homeसमाचारखेलकुदसरकारद्वारा श्रीलंकाली क्रिकेट बोर्ड निलम्बित

सरकारद्वारा श्रीलंकाली क्रिकेट बोर्ड निलम्बित

सरकारद्वारा श्रीलंकाली क्रिकेट बोर्ड निलम्बित

काठमाडौं,6 नोभेम्बर 2023

श्रीलंकाली सरकारले विश्वकपमा खराब प्रदर्शन गरेको भन्दै त्यहाँको क्रिकेट बोर्ड निलम्बन गरेको छ ।

श्रीलंकाका खेलमन्त्री रोशन रणसिंघले सामी सिल्भा नेतृत्वको निर्वाचित क्रिकेट बोर्ड निलम्बन गर्दै नयाँ अन्तरिम कमिटी गठन गरेका छन् । गत जुनमा नेतृत्वमा आएका शिल्भाको कार्यकाल सन् २०२५ सम्म थियो ।

अन्तरिम कमिटीका प्रमुख रणतुंगा सन् १९९६ मा श्रीलंकालाई विश्वकप क्रिकेट उपाधि जिताउने कप्तान हुन् । उनी अहिले राजनीतिमा पनि संलग्न छन् ।

रणतुंगा नेतृत्वको अन्तरिम कमिटीमा सर्वोच्च अदालतका अवकाश प्राप्त न्यायाधीशहरु एसआई इमाम, रोहिणी मरसिंघे, उच्च अदालतका अवकाश प्राप्त न्यायाधीश इरंगानी परेर, उपाली धर्मदाशा अटर्नी एन ल रकिता राजपक्षे र हिशम जमालदीन छन् ।

गत बिहीबार भएको विश्वकपको खेलमा श्रीलंका भारतसित ५५ रनमा अलआउट हुँदै ३०२ रनले पराजित भएको थियो ।

जारी विश्वकपमाा ७ खेलमा २ खेल मात्र जितेको श्रीलंका पुछारबाट सातौं स्थानमा छ । श्रीलंकाले नेदरल्याण्ड्स र इंग्ल्याण्डलाई हराएको छ । अब उसले इंग्ल्याण्ड र भारतसित खेल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...