Homeमनोरन्जनदर्शकसँग माफी माग्दै सुगमले भने: मेरो नियत गलत थिएन, मैले पिउनु हुँदैनथ्यो

दर्शकसँग माफी माग्दै सुगमले भने: मेरो नियत गलत थिएन, मैले पिउनु हुँदैनथ्यो

दर्शकसँग माफी माग्दै सुगमले भने: मेरो नियत गलत थिएन, मैले पिउनु हुँदैनथ्यो

काठमाडौं,6 नोभम्बर 2023

गायक सुगम पोखरेलले अष्ट्रेलियाको कन्सर्टमा भएको माइक प्रहारको घटनालाई लिएर दर्शकसँग माफी मागेका छन्। अष्ट्रेलियामै रहेका पोखरेलले नेपाल ट्युबसँगको कुराकानीमा आफूबाट गल्ती भएको भगवान दर्शकप्रति कहिल्यै पनि अनादर नगरेको बताएका छन्।

शनिबार अष्ट्रेलियाको एडिलेडमा भएको कन्सर्टमा मदिरा पिएका सुगमले दर्शकमाथि माइक प्रहार गरेका थिए । उक्त घटनाको भिडियो भाइरल भएको थियो । उनले भूकम्पमा ज्यान गुमाएकाको मौन धारणको सन्दर्भमा आफू सम्हालिन नसक्दा घटना भएको प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्, ‘माफी माग्न चाहन्छु। मबाट गल्ती भएको हो। म बेसी भावनामा बहें। भगवान दर्शकप्रति कहिल्यै पनि अनादर गरेको छैन मैले। म आज यही नेपाली समाजले बनाएकाले गायक भएको हुँ। मैले पिउनु हुँदैनथ्यो। आई एम सरी।’ नेपालमा भुइँचालो गएर मान्छेहरु बितिरहेकोले आफूलाई त्यस समयमा अप्ठ्यारो महसुस पनि भइरहेको उल्लेख गरेका छन्।

‘नेपालमा भुइँचालो गएर मान्छेहरु बितिरहनु भाथ्यो। मलाई मनमा कस्तो अप्ठ्यारो भइराथ्यो भन्दाखेरि अरे यार म गीत गाउन आइरहेको छु, उता त्यस्तो भइरहेको छ। कत्तिको आफ्नो परिवार बित्नुभएको छ। मैले सोचें– एकछिन मौन धारण गरुँ। अरु तपाईंले भिडियोमा देख्न सक्नुहुन्छ,’ उनले भनेका छन्।

पोखरेलले आफूले मदिरा खाएको भने स्वकारेका छन्। पहिला मदिरा छोडरेको तर एक महिनादेखि आफूले मदिरा सेवन गरिरहेको उनले उल्लेख गरेका छन्। उनले आफ्नो नियत भने गलत नभएको र मदिरा खानु नै आफ्नो कमजोरी भएको बताएका छन्। आफूलाई सुगम पोखरेल बनाइदिएकोमा भने उनले धन्यवाद दिएका छन्। आफूलाई दोषका आधारमा मात्र नभएर गुण र दोषको दुईटै आधारमा हेर्न उनले आग्रह गरेका छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...