बालेनको योजना : काठमाडौँका सडकमा भेटिएका गाई बाच्छा दक्षिणकाली पुर्याउने
काठमाडौं,8 नोभेम्बर 2023
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कात्तिक २३ गतेदेखि काठमाडौँ महानगरपालिकाको सडकमा भेटिएका गाई बाच्छा दक्षिणकाली लगेर सुरक्षित रूपमा राखिने बताएका छन् ।
आज सामाजिक सञ्जालमार्फत शाहले बेवारिसे गाई बाच्छा सङ्कलन गरेर दक्षिणकाली नगरपालिका वडा नं ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।
उनले भनेका छन्–सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् , तिर्खा लागेका बेला पानी पाउँदैनन् , बिरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ , उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ ।
काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरिएको पनि उनले जानकारी दिए ।