प्रधानमन्त्री दाहालसँग चिनियाँ राजदूतको भेट
काठमाडौं, 9 नोभेम्बर 2023
चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
उनले चिनियाँ सरकारको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान प्रान्तबाट सिधा उडानको अपेक्षा गरेको बताएका थिए ।
नेपालले आसन्न विश्व जलवायु सम्मेलनमा जलवायु परिवर्तनका असरको विषयलाई मुख्य एजेण्डाका रुपमा उठाउने भन्दै प्रधानमन्त्री दाहालले त्यसमा चीनजस्ता ठूला मुलुकले पनि सहयोग गर्नुपर्ने बताए। विश्वमञ्चमा जलवायु परिवर्तनले पारेको असरबारे नेपालले उठाएका विषयमा समर्थन गर्न उनको आग्रह थियो ।
जवाफमा सचिव जुनझेङले चीनले विविध विषयहरुमा नेपालसँग मिलेर काम गर्न चाहेको बताएका थिए । ‘पूर्वाधार, नेपाल–चीन सम्पर्क सञ्जाल, आर्थिक विकास र पर्यटनका क्षेत्रमा नेपालसँग मिलेर काम गर्न आवश्यक छ,’ उनले भनेका थिए । सचिव जुनझेङले हालै जाजरकोट भूकम्पमा परी मृत्यु भएकाप्रति चीन सरकारका तर्फबाट गहिरो दुख व्यक्त गर्दै अरु थप सहयोग गर्ने विषयमा चीन तयार रहेको बताएका थिए ।