Homeमुख्य समाचारभूकम्प प्रभावित क्षेत्रमा राहत वितरणमा ढिलाइ भयो

भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणमा ढिलाइ भयो

भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणमा ढिलाइ भयो

काठमाडौं,10 नोभेम्बर 2023

राष्ट्रिय मानवअधिकार आयोगले भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणलाई प्रभावकारी बनाउन आग्रह गरेको छ ।

जाजरकोट, रुकुम पश्चिम लगायतका भूकम्प प्रभावित जिल्लाको स्थलगत अनुगमन गरेको आयोगको उद्धार तथा राहतमा तीनै तहको सरकार, राजनीतिक दल लगातत सबै पक्षको क्रियाशीलता, घाइतेहरुको निःशुल्क उपचारलाई सकारात्मक मानेको छ ।

तर राहत वितरणमा संघीय सरकारका कार्यालयहरु, जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश सरकार र स्थानीय तहहरुबीचको समन्वयमा अभाव देखिएको पनि आयोगले बताएको छ ।

प्रभावित क्षेत्रमा राहत उल्लेख्य मात्रामा संकलन भए पनि वितरणमा भने ढिलाइ भएको पाइएको आयोगले जनाएको छ । ‘जिल्ला विपद् व्यवस्थापन समितिमा सवारी साधनको अभाव र ढुवानीका लागि रकम अभावका कारण सम्बन्धित वडा कार्यालयमा पठाइ वितरण गर्ने क्रममा ढिलाइ भइरहेको देखिएको छ’, आयोगले भनेको छ ।

साथै वितरण गरिएका कतिपय त्रिपालमा शित चुहिएको, मेट्रेसहरु पातलो भइ तलबाट चिसो आउने भएका कारण सुत्केरी महिला, बालबालिकाहरु र ज्येष्ठ नागरिकहरु बढी प्रभावित भएको छ । प्रभावितहरु सामूहिक रुपमा बसेकाले शौचालय व्यवस्थापन र सरसफाइमा समस्या देखिएको भन्दै आयोगले सरुवा रोग वा अन्य महामारी लगागयतका प्रकोप बढ्नसक्ने जोखिम रहेको बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...