Homeबिबिध+स्वास्थ्यसरकारबाट अनुमति नलिई सञ्चालनमा रहेको विराटनगरको बिग अस्पताल सिल

सरकारबाट अनुमति नलिई सञ्चालनमा रहेको विराटनगरको बिग अस्पताल सिल

सरकारबाट अनुमति नलिई सञ्चालनमा रहेको विराटनगरको बिग अस्पताल सिल

काठमाडौं, 13 नोभेम्बर 2023

सरकारबाट अनुमति नलिई सञ्चालनमा रहेको विराटनगरको बिग अस्पताल सिल गरिएको छ।

विराटनगर-७ स्थित बिग अस्पतालमा रहेका बिरामीलाई सरकारी अस्पतालमा सार्न निर्देशन दिंदै सरकारी टोलीले पाँच वटा विभागमा सिल गरेको हो। विराटनगर महानगर, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त टोलीले बहिरंग विभाग, आपत्‌‌कालीन कक्ष, ल्याब, प्रशासन र काउन्टर सिल गरेको छ।

बिग अस्पतालमा उपचाररत १७ जना बिरामीलाई सरकारी अस्पतालमा सार्न निर्देशन दिइएको छ। महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीका अनुसार इजाजत नलिई सञ्चालनमा रहेकाले बिग अस्पताललाई गत वैशाखमा चेतावनी दिइएको थियो। त्यति वेला १२ वटा मापदण्ड पूरा गर्न निर्देशन दिएको भए पनि अहिलेसम्म पालना नगरेको अलीले बताए। अस्पताललाई ४८ घण्टाभित्र प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ।

यसैबीच सरकारी अनुगमन टोलीसँगै गएका सञ्चारकर्मीलाई दुर्व्यवहार गर्ने अस्पतालका कर्मचारी रोशनकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यादवले सञ्चार उपकरण खोस्ने प्रयास गर्दै पत्रकारलाई अस्पताल बाहिर निकाल्न खोजेका थिए।

यसैबीच नेपाल पत्रकार महासंघ, प्रेस युनियन लगायत संघसंस्थाले दोषीलाई कारबाहीको माग गरेका छन्। पक्राउ परेका यादवलाई अभद्र व्यवहारमा मुद्दा चलाइने मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले बताए।

 

 

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...