Homeसमाचारभारतभारतमा सुरुङ भत्किएको स्थानमा तेस्रो दिन पनि उद्धार कार्य जारी

भारतमा सुरुङ भत्किएको स्थानमा तेस्रो दिन पनि उद्धार कार्य जारी

भारतमा सुरुङ भत्किएको स्थानमा तेस्रो दिन पनि उद्धार कार्य जारी

काठमाडौं,14 नोभेम्बर 2023

उत्तरी भारतमा एक सयभन्दा बढी उद्धारकर्मीहरूले मङ्गलबार तेस्रो दिन पनि निर्माणाधीन सडक सुरुङ भत्किएपछि सुरुङभित्र फसेका मजदुरहरूलाई बचाउन सङ्घर्ष गरिरहेका छन् ।

हिमाली राज्य उत्तराखण्डमा एक्स्काभेटरहरूले आइतबार बिहानैदेखि सुरुङभित्र फसेका ४० जना जीवित मजदुरहरूका लागि बाहिर निस्कने अर्को सुरुङ निर्माणका लागि भग्नावशेषहरू पन्छाइरहेका छन्।

‘हाम्रो सबैभन्दा ठूलो सफलता भनेको हामीले मजदुरहरूसँग सम्पर्क स्थापित गरेका छौँ र अक्सिजन र खानाको आपूर्ति सम्भव भएको छ’, उत्तरकाशी जिल्लाका शीर्ष सरकारी अधिकारी अभिषेक रुहेलाले भने,

‘उनीहरू बाँच्नका लागि जे आवश्यक पर्छ त्यो गरिँदैछ।’ सुरुङमा अक्सिजन पुर्याउने काम भइरहेको र मजदुरहरूलाई सुक्खा फलफूलजस्ता साना सामग्री उपलब्ध गराइरहेको उनले बताए।

सुरुङ भत्कलगत्तै सरकारी उद्धार टोलीहरूले जारी गरेको तस्बिरहरूमा फराकिलो सुरुङमा फोहरका थुप्रोहरूले अवरुद्ध बनाएको देखाइएको छ। सुरुङको छतबाट भाँच्चिएका धातुका बारहरू र कङ्क्रिटका स्ल्याबहरू अगाडि पसेका छन्। टोलीले फसेका मजदुरलाई बाहिर निकाल्ने मार्ग चौडा बनाउन ९० सेन्टिमिटर (करिब तीन फिट) चौडाइ भएको स्टिल पाइप चलाउन ठूलो मेसिनको प्रयोग गरिरहेको सरकरी राजमार्ग तथा पूर्वाधार कम्पनीले बताएको छ।

उत्तरकाशी र यमुनोत्री दुई पवित्र हिन्दू मन्दिरलाई जोड्नका लागि सिल्क्यारा र डन्डालगाउँ सहरबीचको चार दशमलव पाँच किलोमिटर सुरुङ निर्माण भइरहेको थियो । यो सुरुङ प्रधानमन्त्री नरेन्द्र मोदीको सडक परियोजनाको एक हिस्सा हो । उक्त परियोजनाको उद्देश्य केही प्रख्यात हिन्दु तीर्थस्थलहरू र चीनसँग सीमा जोडिएका क्षेत्रहरूबीचको यात्रा अवस्थामा सुधार गर्नु रहेको छ ।

भारतमा ठूला पूर्वाधार आयोजनामा दुर्घटना हुनुलाई सामान्य मानिन्छ । गत जनवरीमा पारिस्थतिकीयरूपमा कमजोर उत्तराखण्डमा अचानक आएको बाढीमा कम्तीमा दुई सय जनाको मृत्यु भएको थियो । सो बेला विज्ञहरूले आंशिकरूपमा अत्यधिक विकासका कारण यस्तो विपत्ति आएको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...