‘गदर २’ को ट्रेलर सार्वजनिक
दिल्ली , 27 जुलाई 2023
फिल्म ‘गदर २’ को ट्रेलर सार्वजनिक भएको छ । दर्शकहरु लामो समयदेखि ट्रेलरको प्रतिक्षामा थिए । २२ वर्षपछि फेरि एकपटक तारा सिंह आफ्नो कथा लिएर फ्यानहरुको सामु उपस्थित भएका छन् ।
तारा, सकिनाका पात्रहरू कहिल्यै नबिर्सिने पात्रहरूमध्ये एक हुन्।
बुधबार जिस्टुडियो युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा भारतीय सेनामा भर्ती भएका तारा सिंहका छोरा पाकिस्तान सेनाको कब्जामा पर्छन्। उनलाई सेनाको कब्जाबाट छुटाउन तारा सिंहले गरेको संघर्षलाई फिल्ममा देखाइको छ।
अनिल शर्माले निर्देशन गरेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।
नजीव खानले छायांकन गरेको फिल्मलाई सञ्जय संखलाले सम्पादन गरेका हुन्। फिल्म अगस्ट ११ मा रिलिज हुँदैछ ।