पेट्रोल र डिजेलको मूल्य बढ्दै, सिलिन्डरमा १०० रुपैयाँले घट्दै
काठमाडौं, 1 अगस्ट 2023
खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घट्ने भएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ ।
भारतबाट डिजेलको मूल्य लिटरमा सात रुपैयाँ, पेट्रोल आठ रुपैयाँले बढेर आएको हो । यस्तै, मट्टीतेल लिटरमा सात रुपैयाँ ५० पैसा र हवाई इन्धन आठ रुपैयाँ ५० पैसाले बढेर आएको निगमले जनाएको छ ।
खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटेर आएको छ । नेपालमा नयाँ मूल्यसूची आजै राति १२ बजेदेखि लागु हुने छ ।
यो समाचार पनि पढनुहोस्…
- टी-२० विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा
- राप्रपाले केन्द्रीय कार्यालय २१ दिनभित्र खाली गर्ने