रोनाल्डोको गोलमा अल नासर फाइनलमा पुग्यो
दिल्ली, 10 अगस्ट 2023
क्रिष्टियानो रोनाल्डो रहेको अल नासिर क्लब अरब क्लब च्याम्पियन्स कप फुटबलको फाइनलमा पुगेको छ । रोनाल्डोको गोलमा अल नासिर फाइनलमा पुगेको हो ।
पोर्चुगिज सुपरस्टारले खेलको ७५ औँ मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि अल–नासर १–० गोलले विजयी बनेको हो । साडियो मानेलाई पेनाल्टी बक्समा लडाएपछि अल–नासरले खेलमा पेनाल्टी पाएको थियो ।
रोनाल्डोले यो सिजन उत्कृष्ट सुरुवात गरेका छन् । उनले क्लबका लागि पछिल्ला चार खेलमा चार गोल गरेका छन् ।
अब रोनाल्डोको टोलीले अल–हिलाल र अल–सबाबबीचको विजेतासँग शनिबार हुने फाइनल खेलमा सामना गर्नेछ ।









































