Homeसमाचारनेपाललामिछानेले भोटका लागि सस्तो राजनीति गरे : पोखरेल

लामिछानेले भोटका लागि सस्तो राजनीति गरे : पोखरेल

लामिछानेले भोटका लागि सस्तो राजनीति गरे : पोखरेल

काठमाडौं, 3 अगस्ट 2023

नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेले भोटको सस्तो राजनीति गरेको बताएका छन्।

नेपाल स्वतन्त्र पार्टीले चितवनमा निःशुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएको सन्दर्भ जोडदै एमाले महासचिवले सस्तो लोकप्रियता कमाउन खोजिएको आरोप लगाए।सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले नयाँ र वैकल्पिक शक्ति बनाउछौं भन्नेहरुले भोटको सस्तो राजनीति गर्न खोजेको देखिएको हुँदा यस्तो कुरामा गम्भीर बन्नुपर्ने उल्लेख गरे।

रास्वपाका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको १०० दिन पुगेको अवसरमा बुधबार चितवनमा सुरु गरेको महिलाका लागि नि:शुल्क बस सञ्चालनबारे टिप्पणी गर्दै पोखरेलले समाज कता जाँदैछ भनी प्रश्न गरेका छन् ।

सामाजिक विभेद अन्त्य गर्न विगतमा महत्वपूर्ण भूमिका खेलेको चितवनमा यो कदमले सकारात्मक सन्देश नदिने उनको भनाइ छ ।

ब्लु बस निःशुल्क सञ्चालनबारे सामाजिक सञ्जालमा सर्वसाधारणले समेत नि:शुल्क बस सञ्चालनको स्रोत के हो भनेर प्रश्न गरेका छन् ।

 उनले सामाजिक संजाल मा यस्तो लेखेका छन्…..

सार्वजनिक यातायात महिलाका लागि मात्र भनेर चितवनबाट दिन खोजिएको सन्देश

दुनियाँका धेरै मुलुकहरूमा महिलाहरू बन्द समाजमा जकडिएको  बेलामा नेपाली समाजमा अपवाद बाहेक महिलाहरू सुरु देखिनै तुलनात्मक हिसाबले स्वतन्त्र थिए । उत्पादनको काममा परिवारका सदस्यहरूसँग मिलेर एकसाथ काम गर्दथे । जबकि अहिले युवाहरूको ठुलो सङ्ख्या रोजगारीका सिलसिलामा बिदेसिएका वेला ठुलोसंख्यमा महिलाहरू परिवारको मुलीको रूपमा भूमिका निर्वाह गरिरहेका छन् ।

यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान् ? जिज्ञासा उठ्नु स्वभाविक हो ।

नेपाली समाजमा यतिवेला रूपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ । चितवन महिला जागरण र जागृतिको थलो हो । 

पंचायतकालमा म विद्यार्थी राजनीतिका सिलसिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरूले ठुलो सङ्ख्यामा साइकिल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो बनाउने मौका पाएको थिए ।

तर आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौ भन्ने प्रश्न जागृत भएको छ ।

नयाँ र वैकल्पिक शक्ति बनाउँछौ भन्नेहरूले गर्न खोजेको काममा रूपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामबाट भविष्यको सुन्दर दृश्य देखिनु पर्दछ ।

तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति  गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौ । 

चितवन जस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने  र सन्देश दिने प्रयास गरौँ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो समाचार पनि पढनुहोस्

  1. सुन तस्करी प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ
  2. माओवादीले ‘जनतासँग पार्टी अभियान’ चलाउने

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...