संविधानमा स्वास्थ्यको मौलिक हक लेखिए पनि जनता वञ्चित छ : स्वास्थ्यमन्त्री
काठमाडौं, 13 जुलाई 2023
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले संविधानमा सबै जनताले स्वास्थ्य उपचार पाउने मौलिक हक लेखिए पनि जनता त्यसबाट वञ्चित भएको बताएका छन् ।

राष्ट्रिय सभामा उठेका प्रश्नहरुको आज जवाफ दिने क्रममा मन्त्री बस्नेतले ‘संविधानमा आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने, यो जनताको नैसर्गिक अधिकार हो, मौलिक हक हामीले कायम गरेका छौं । तर मैले अब नढाँटिकन भन्नुपर्छ जे भनिएको छ, त्यस्तो हुन सकिरहेको छैन,’ मन्त्री बस्नेतले बताएका हुन् ।

लगानी भएका तर नतिजा नदेखिएका स्थानको बजेट कटौती गरेर भने आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने ढंगले अघि बढेको जानकारी उनले दिए ।
आफूले मन्त्रालय सम्हाल्ने बेला राष्ट्रिय योजना आयोगले स्वास्थ्य मन्त्रालयको बजेट ४० प्रतिशत कटौती गरेर ८३ अर्ब ९९ करोड सिलिङ तोके पनि जोडबल गरेर अर्थ मन्त्रालयबाट १० अर्ब ११ करोड थप्न सफल भएको उनले बताए ।
यो समाचार पनि पढनुहोस्…
- हट्यो राष्ट्रिय सभामा एमालेको अवरोध
- भ्रष्टहरुले नै भ्रष्टाचारविरोधी अभियान
- सीता दाहालको पशुपतिमा अन्त्येष्टि









































