HomeFeatureसरकार आफैँ तस्करीमा संलग्न छ : ओली

सरकार आफैँ तस्करीमा संलग्न छ : ओली

सरकार आफैँ तस्करीमा संलग्न छ : ओली

काठमाडौं, 11 सेप्टेम्बर 2023

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैंले आतंककारीलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् ।तेजाब आक्रमण विरुद्धको जागरण दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले सरकार आफैँ तस्करीमा संलग्न रहेको र कमिशनमा डुबेको तर्क गरे ।

‘सरकार तस्करीमा संलग्न हुन्छ । तस्करहरुलाई समर्थन गर्छ । सरकार कमिशनखोरीमा डुब्छ । जनताका समस्या हेर्दैन,’ उनले भने– ‘जनता पीडामा छन् । म सरकारलाई सुझाव दिन चहान्छु, अनेक किसिमका स्टन्टबाजी होईन, भ्रष्टाचार नगर्नुस्, भ्रष्टाचार रोक्नुस्, कमिशनखोरी बन्द गर्नुस्, जनताका समस्या समाधान गर्ने, सुशासन दिने, विकासका बाटोतर्फ लाग्ने काम गर्नुस् ।’

उनले तेजाब आक्रमणमा परेका पीडितहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने भन्दै यस्तो अपराध गर्नेलाई कडा सजाय दिनु आवश्यक भएको बताए ।

उनले भने, ‘यस्तो कार्य कही पनि कसैले पनि आक्रमणको सामना गर्न नपरोस, कोही पनि यस्तो अपराध गर्न प्रोत्साहित नहोस् र कसैले गरे कडा सजाय दिने व्यवस्था गर्नुपर्छ । तेजाब आक्रमणका पीडितको कुरा सुनेर सरकार गम्भीर भएर लाग्नुपर्छ, यसको लागि उपचार सरकारले निःशुल्क गरोस् ।’

राजनीतिक कुरालाई भन्दा जागरणको कुरा प्रचारमा ध्यान दिन उनले सञ्चारमाध्यमलाई सुझाव दिए ।

ओलीले भने– ‘यो तेजाब आक्रमणविरुद्धको दिवसमार्फत हामीले मानवीय भावना, जागरण फैलाउन पनि जरुरी छ । अर्को कुरा दण्ड सजायको कडा व्यवस्था छ भन्ने कुराको प्रचार पनि गर्न जरुरी छ । थप अपराध रोक्नका लागि हामीले यस प्रकारको प्रचार गर्न आवश्यक छ ।’

फरक प्रसंगमा अध्यक्ष उनले भने ओलीले सरकार आफैँले आतंककारीलाई प्रोत्साहन गरिरहेको आरोप लगाए । ओलीले मानिसको नामै लिएर सार्वजनिक रुपमै ज्यान मार्ने धम्की दिँदासमेत सरकारले केही गर्न नसकेको आरोप लगाए ।

अध्यक्ष ओलीले मानव जातिबाट नै विभिन्न जघन्य अपराध, कूकर्म हुने गरेको स्मरण गर्दै पछिल्लो समय झनै मानिसहरु स्वार्थी हुँदै गएको बताए ।

अध्यक्ष ओलीले तेजाव आक्रमण विरुद्धको आवाज संसदमा झनै प्रभावकारी ढंगले उठाउने बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो समाचार पनि पढनुहोस्…

  1. विद्युत व्यापार सरकारको प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड
  2. मन्त्री अनिता देवीले लिइन् शपथ

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...