Homeमनोरन्जनसुटिङका क्रममा बलिउड अभिनेता शाहरुख खान घाइते

सुटिङका क्रममा बलिउड अभिनेता शाहरुख खान घाइते

सुटिङका क्रममा बलिउड अभिनेता शाहरुख खान घाइते

दिल्ली, 4 जुलाई 2023

अमेरिकामा सुटिङका क्रममा बलिउड अभिनेता शाहरुख खान घाइते भएका छन् । लस एन्जलसमा आफ्नो आगामी फिल्मको छायांकन गरिरहेका थिए । सुटिङका क्रममा दुर्घटना हुँदा उनी घाइते भएका छन् ।

उनको नाक र अनुहारमा गहिरो चोट लागेको छ । दुर्घटनापछि रक्तस्राव रोक्नको लागि अमेरिकामै सानो शल्यक्रिया गरिएको थियो । भारतीय संचार माध्यमका अनुसार उनको स्वास्थ्यमा केही सुधार आएपछि उनलाई मुम्बई फर्काइएको छ ।

लस एन्जलसमा भइरहेको एक प्रोजेक्टको छायांकन गर्दा चोट लागेपछि उनको नाकबाट रगत बगेको जनाइएको छ । रगत बग्न थालेपछि उनलाई तत्कालै अस्पताल लगिएको थियो ।

चिकित्सकले उनको स्वास्थ्यलाई चिन्ता नलिन आग्रह गरेका छन् । तर माइनर सर्जरी गर्नुपर्ने सल्लाह उनीहरुको थियो । ३१ वर्ष लामो करिअरमा शाहरुख सुटिङका क्रममा धेरैचोटि घाइते भएका छन् ।

२०१७ मा रईसको सुटिङका क्रममा उनको घुँडा र अनुहारमा चोट लागेको थियो, त्यसपछि उनको सानो शल्यक्रिया गर्नुपरेको थियो । सन् २०१३ मा फिल्म चेन्नई एक्सप्रेसको सुटिङ सकिएपछि उनले आठवटा शल्यक्रिया गरेका थिए ।

सन् २००९ मा पनि उनको बायाँ काँधमा चोट लागेपछि शल्यक्रिया गरिएको थियो ।

उनको पछिल्लो फिल्म पठानले १ हजार करोडभन्दा माथिको कलेक्सन गरेर बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ भने उनको आउँदो फिल्म ‘जवान’को पनि चर्चा लगातार चुलिइरहेको छ। योसँगै सलमान खानको टाइगर ३ मा शाहरुख खानको केमियो पनि हुन लागेको छ । चलचित्र जवानको छायांकन सकिएको छ, जसको पोस्ट प्रोडक्सन चलिरहेको छ । फिल्म सेप्टेम्बर ७ मा हिन्दी, तमिल, तेलुगू भाषामा विश्वभर रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...