Homeसमाचारखेलकुद८ राष्ट्रका इमर्जिङ टिम सहभागी एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलंकामा सुरु

८ राष्ट्रका इमर्जिङ टिम सहभागी एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलंकामा सुरु

८ राष्ट्रका इमर्जिङ टिम सहभागी एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलंकामा सुरु

काठमाडौं, 13 जुलाई 2023

एसियाका ८ राष्ट्रका इमर्जिङ टिम सहभागी एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलंकामा सुरु भएको छ । एसियाका पाँच टेष्ट राष्ट्रसहित ८ राष्ट्र सहभागी प्रतियोगितामा नेपाले आफ्नो पहिलो खेल भने भोलि शुक्रबार पाकिस्तान ए सँग खेल्ने छ ।पाँच टेष्ट राष्ट्रका ए टिम सहभागी हुने यो प्रतियोगितामा युएई र ओमानले पनि युवा खेलाडीलाई अवसर दिन आफ्नो ए टिम नै श्रीलंका पठाएका छन् । नेपाल मात्रै आफ्नो सिनियर टिम खेलाउने एक्लो राष्ट्र बनेको छ ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल समूह बी मा दुई बलिया टोली भारत र पाकिस्तानको ए टिमसँगै खेल्ने छ । यो समूहको अर्को टोली यूएई हो ।

प्रतियोगिताअघिको प्रि म्याच कन्फेरेन्समा नेपालका कप्तान पौडेलले इमर्जिङ टिम्स कप नेपाली खेलाडीको लागि राम्रो अवसर भएको बताए ।

उनले भने, ‘हामीसँग सिमित अवसर छ । त्यसैले नेपाली क्रिकेट विकास र खेलाडीको विकासको लागि यो प्रतियोगितामा राम्रो अवसर हुनेछ ।’

उनले इमर्जिङ कपलाई एसिया कपको तयारीको रुपमा समेत हेरेको बताए ।

 ‘यो प्रतियोगिता हाम्रो लागि एसिया कपको बिल्ड अप हो । एसिया कपको लागि राम्रो तयारी हुनेछ ।’

एसिया कपका लागि राम्रो तयारी होस् भनेर नै नेपालले सिनियर टिमलाई नै इमर्जिङ टिम्स कप खेल्न पठाएको छ ।

जिम्बाव्वेमा क्रिकेट विश्वकप छनोट खेलेको टिममा केही अनुभवी खेलाडीलाई आराम दिँदै नेपालले ५ परिवर्तन गरेको छ । ज्ञानेन्द्र मल्ल र करण केसीलाई क्यानले आराम दिएको जनाएको छ । आरिफ शेखले पारिवारिक कारण नाम फिर्ता लिएका थिए भने दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने ग्लोबल टी-२० लिग खेल्न जाने तयारीमा छन् । उनीहरुको स्थानमा युवा खेलाडीहरुले अवसर पाएका छन् ।

पवन सर्राफ, सन्दिप जोरा र देव खनाल, श्याम ढकाल र सूर्य तामाङ इमर्जिङ कप खेल्ने टिममा समावेश छन् ।

कप्तान रोहितले इमर्जिङ कपमा हरेक खेल जित्नकै लागि खेल्ने बताए । नेपालले आफ्नो पहिलो खेल शुक्रबार पाकिस्तान ए सँग खेल्नेछ । यस्तै दवस्रो खेल भारत ए सँग जुलाई १७ र तेस्रो खेल युएई ए सँग जुलाई १९ मा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...