Homeसमाचारनेपाल९ सय नेतालाई राप्रपाले तोक्यो भूगोलको जिम्मेवारी

९ सय नेतालाई राप्रपाले तोक्यो भूगोलको जिम्मेवारी

९ सय नेतालाई राप्रपाले तोक्यो भूगोलको जिम्मेवारी

काठमाडौं, 20 जुलाई 2023

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संगठन विस्तारका लागि केन्द्रदेखि जिल्ला तहका ९ सय नेतालाई स्थानीय स्तरमा खटाउने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले समेत भूगोलको जिम्मेवारी लिएका छन् ।

देशका ७५३ स्थानीय तह र ६ हजार ६४३ वडा तथा प्रवासमा समेत राप्रपाले नेताहरू तोकेर जिम्मेवारी प्रदान गरेको हो ।

जिम्मेवारी प्राप्त गर्ने नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म संगठन विस्तार र सुदृढीकरणका काम गर्नुपर्ने छ ।

उनीहरूले गरेका कामको अनुगमन तथा मूल्यांकन पार्टीका प्रदेश संयोजक र सह-संयोजकहरुले गर्नेछन् ।

राप्रपाले राजसंस्था, हिन्दू राष्ट्र र संघीयता सम्बन्धी पार्टीको अवधारणालाई जनताको घरदैलोमै पुर्‍याउने लक्ष्य लिएको छ ।

जिम्मेवारी तोकिएका नेताहरूले भ्रष्टाचार र भ्रष्टाचारविरुद्ध पार्टीका अवधारणाहरूलाई प्राथमिकताका साथ राख्ने तथा नयाँ पुस्तालाई पार्टीमा जोड्ने विशेष अभियान सञ्चालन गर्ने काम गर्नेछन् । तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेताहरू स्वतः पदीय जिम्मेवारीबाट मुक्त हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

भूगोल केन्द्रित जिम्मेवारीमा रहेका नेताहरूले आफ्नो दैनिक क्रियाकलाप विद्युतीय माध्यमबाट सचिवालयमा नियमित पेश गर्नुपर्ने छ । ६ महिनापछि भूगोलको जिम्मेवारी हेरफेर हुन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...