Homeमनोरन्जनरणवीर र आलियाको फिल्ममा यशले गरे रावण बन्न अस्वीकार 

रणवीर र आलियाको फिल्ममा यशले गरे रावण बन्न अस्वीकार 

रणवीर र आलियाको फिल्ममा यशले गरे रावण बन्न अस्वीकार 

दिल्ली, 13 जुन 2023

यतिबेला नितेश तिवारीको निर्देशनमा बन्ने फिल्म ‘रामायण’ चर्चामा छ। फिल्ममा रणवीर कपूर र आलिया भट्ट राम-सीताको भूमिकामा देखिनेछन्। यसमा ‘केजीएफ’ स्टार यशलाई रावणको भूमिकामा खेलाउने उनको तयारी छ ।

ranveer kappor with alia bhatt

यश पनि यो भूमिकाका लागि तयार रहेको जनाइएको थियो, तर परिस्थितिले अहिले अर्को मोड ल्याएको छ । फिल्ममा रामभन्दा रावणको चरित्र बढी चुनौतीपूर्ण रहेको बताएका यश अहिले यो भूमिका नगर्ने सोचमा पुगेका छन् ।

yash

रावणको भूमिका गर्ने विषयमा यशले आफ्नो टिमसँग सल्लाह गरेपछि कुराले अर्कै मोड लिएको हो । यदि यशले रावणको भूमिकामा अभिनय गरेमा फ्यान रिसाउन सक्ने सल्लाह उनको टिमले दिए । यो देखेर पनि यश प्रोजेक्टबाट पछि हटेको बताइन्छ ।

पुरानो अन्तर्वार्तामा यशले भनेका थिए, ‘म मेरा फ्यानको भावनाको धेरै ख्याल गर्छु । तिनीहरू धेरै भावुक छन्, यदि म तिनीहरूको विरुद्धमा गएँ भने तिनीहरूले अति प्रतिक्रिया दिन सक्छन् ।’

kangana

यसैबीच, यशको बारेमा कुरा गर्दै कंगनाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘जसले रामको भूमिका पाउनुपर्छ उसले रावणको भूमिका पाइरहेको छ । एक युवा साउथ सुपरस्टार, जसले आफ्नो नाम कमाएको छ, जो पूर्ण पारिवारिक मान्छे हो । परम्परालाई पालन गर्ने व्यक्ति पनि । यस्तो व्यक्तिलाई रावणको भूमिका अफर गरिएको छ । जहाँ वाल्मिकीजीको भगवान रामको दर्शन अनुसार यशलाई भगवान रामको भूमिका सबैभन्दा सुहाउँछ ।’

कंगनाले रामको भूमिका निर्वाह गर्न यशको कद सबैभन्दा राम्रो भएको बताउन खोजेकी छन् । उनी लेख्छिन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा उनीमाथि कुनै आरोप छैन । लागुऔषध आदिबाट पनि टाढा रहन्छन् । यसबाहेक उनी एक उचित परिवारका मानिस पनि हुन् ।’ 

hritik roshan

यसअघि फिल्ममा रावणको भूमिका ऋतिक रोशनलाई प्रस्ताव गरिएको थियो। ‘वार २’, ‘फाइटर’ र ‘कृष ४’ साइन गरेसँगै उनले ‘रामायण’ मा समय दिन नसक्ने बताएका थिए।

यसै वर्षको अन्तिमबाट फिल्मको छायांकन सुरू हुने बताइएको छ। फिल्ममा अल्लु अरविन्द, मधु मन्टेना र नमित मल्होत्राको लगानी रहनेछ। प्यान इन्डियाको फिल्म सन् २०२५ प्रदर्शन हुनेछ। यश आफ्नो आगामी फिल्म ‘यश १९’ मा व्यस्त छन्। ग्याङस्टार जनराको फिल्मलाई गीतू मोहनदासले निर्देशन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...