दिल्ली, 17 अगस्त 2022
अखिल भारत नेपाली एकता मंच औरंगाबाद नगर समितिको पहिलो बिस्तारित बैठक सम्पन्न नेपालमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको आगामी निर्वाचनका लागि प्रवासमा रहेका विभिन्न पार्टीका भातृ संगठनहरु पनि अहिले देखिनै कम्मर कसेर लागि परेका छन। नेशनल लाईभ टिभीलाई मोहन सिंह देवकरले दिएको जानकारी अनुसार अखिल भारत नेपाली एकता मंच महाराष्ट्र राज्य अन्तर्गत औरंगावाद नगर समितिको पहिलो बिस्तारित बैठक सम्पन्न भएको छ ! कार्यक्रमको अध्यक्षता औरंगावाद नगर का बरिस्ठ उपाध्यक्ष दिर्गराज बमले गरेका थिए भने प्रमुख अतिथिमा केन्द्रिय सदस्य महाराष्ट्र राज्य उपाध्यक्ष र नगर इन्चार्ज डबल बिक, विशिष्ट अतिथिमा अंकुश पाल र अतिथिमा विशाल सुनार, लाल बहादुर बिक, भिम बहादुर बिक, गोबिन्द जोशी, नन्दकला बिक रहेका थिए। उक्त कार्यक्रममा स्वागत मन्तव्य नगर का सहसचिव महासिंह धामीले राखेका थिए भने कार्यक्रममा किशोर थापा अध्यक्ष र तिलक बोहरा सचिव रहने गरि 13 सदस्यीय वालुज एरिया समिती पनि गठन गरिएको थियो। प्रमुख अतिथि सहित अतिथिहरुले नवनिर्वाचित समितिलाई हार्दिक बधाई व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।









































