HomeFeatureअछामको रामारोशन गाउँपालिकामा बाढीले ७ जनाको मृत्यु, १७ जना अझै वेपत्ता

अछामको रामारोशन गाउँपालिकामा बाढीले ७ जनाको मृत्यु, १७ जना अझै वेपत्ता

अछाम, 19 अगस्त, हिम शाह

अछामको रामारोशन गाउँपालिकामा मंगलबार राति आएको बाढीले बगाउँदा ७ जनाको मृत्यु भएको छ । बाढीमा परेर १७ जना अझै वेपत्ता रहेका छन् । बाढीले बगाएर मृत्युभएका मध्ये ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्रमा भेटिएको छ भने २ जनाको शव मंगलसेन नगरपालिका –३ रलेको लमतणा र सेरीमा भेटिएको छ । तर, मृतकहरुको सनाखत भने अझै भैसकेको छैन । उद्दारका लागि हेलिकोप्टर पठाइदिन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो ।  कैलाश खोलाको बाढीले कैयौं घर र पक्की पुललाई समेत बगाएको छ । बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् ।

 

दर्नामा पक्की पुलसमेत बगाएको छ । खालबजार, सैनीबजार, मुजाबगर, गजड, अल्लेडीलगायत धेरै स्थानमा ठूलो क्षति भएको स्थानीय बासिन्दाले बताएका छन् । बाढीले खोला छेउछाउका घर, पसल र धान उत्पादन राम्रो हुने खेत बगाएको छ । नगरर्नाको कोसेडा खेत बगर बनेको छ । बाढीग्रस्त क्षेत्रमा उद्दारको लागि जिल्ला सदरमुकामबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गएका छन् ।

बाढीले गर्दा कैलाश खोलाले बगाएर वेपत्ता भएकाहरु मध्ये वडा नम्बर ५ सैनिबजार बाट बगाएका स्थानिय नन्दु साउदको १० जना परिवार सहित सबैको परिचय खुलिसकेको छ । जसमा बारला निवासी लालसरा शाह र उनका छोरा हिक्मत शाहको २ जना परिवार, चन्दे साउद, बासु साउद र जोगा साउद रहेका रामारोशन गाउँपालिका अध्यक्ष झन्कर बहदुर साउदले जानकारी दिनुभयो । उनिहरु मध्य ६ जनाको शब दर्ना र एक जनाको मंगलसेनको दयाको कैलाश छेउमा फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...