HomeFeatureअत्यधिक वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा

अत्यधिक वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा

विराटनगर, 20 अक्तूबर 2021

अत्यधिक वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल डुबानमा परेपछि हवाई उडान र अवतरण बन्द गरिएको छ । विमानस्थल पूर्ण रुपमा डुब्दा मंगलबार देखि रोकिएको बुद्ध एयर र श्री एयरलाइन्सको विमान रनवेमा सारिएको छ । विमानस्थलको टर्मिनल भवन, ट्याक्सी वे, रन वे, एप्रोन लगायतका भुभाग डुबानमा परेको विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ। बुधवार बिहान सवा ६ बजे देखि विमानस्थलमा बस्ता पैनीको पानी र अन्य क्षेत्रको वर्षातको पानी विमानस्थलमा पसेको विराटनगर विमानस्थलका प्रमुख उत्सवराज खरेलले जानकारी दिनु भयो । उहाँले विमानस्थलमा पानी भरिएकाले एयरपोर्ट संचालन हुने टुङ्गो नभएपनि मौसम सफा हुदै गए तथा एयरपोर्टको पानी सुक्दै गए बिहिवार देखि एयरपोर्ट संचालन गर्न सकिने जानकारी दिनुभयो । डुबानका कारण भएको क्षति अझै सम्म यकिन गर्न नसकिएको उहाँले बताउनु भयो । डुबानका कारण विमानस्थलमा भएको क्षति बारे यकिन गर्न केही दिन लाग्ने विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...