HomeFeatureअध्यादेशपछि धमाधम बस्दै संवैधानिक परिषद्को बैठक, आज बैठक बसेर नियुक्ति सिफारिसलाई टुङ्गो...

अध्यादेशपछि धमाधम बस्दै संवैधानिक परिषद्को बैठक, आज बैठक बसेर नियुक्ति सिफारिसलाई टुङ्गो लगाउँदै

काठमाण्डौ, 16 डिसेम्बर 2020

संवैधानिक परिषद्को कोरम नपुगेपछि बस्न नसकेको बैठक सरकारले ल्याएको अध्यादेशपछि अध्यक्षसहित 3 जना सदस्यको उपस्थितिमा भने बस्न शुरु भएको छ । विभिन्न आयोगका पदाधिकारीको नियुक्ति सिफारिसका लागि मंगलबार साँझ सामान्य छलफल भएको संवैधानिक परिषद्को बैठक आज फेरि बस्न लागेको छ । आजको बैठकमा आयोगका पदाधिकारीको नियुक्ति सिफारिसलाई अन्तिम रुप दिन लागिएको बालुवाटार स्रोतले जनाएको छ ।

मंगलवार बिहान बसेको बैठकमा सदस्य संख्या नपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् बैठक बोलाई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको थियो । भने राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई तत्काल जारी गर्नुभएको थियो ।

उक्त अध्यादेशले संवैधानिक परिषद्को बैठकमा अध्यक्षसहित ३ जना उपस्थित भएमा बैठक बस्न पाउने प्रावधान पारित गरेको छ । त्यसै अनुसार साँझ प्रधानमन्त्री ओलीसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बैठकमा उपस्थित रहनु भएको थियो ।

यसअघि संवैधानिक परिषद् बैठकमा अध्यक्ष (प्रधानमन्त्री)सहित ५ जना उपस्थित हुनपर्ने कानुनी प्रावधान रहेको थियो । सरकारले हठान रुपमा अध्यादेश ल्याएको भन्दै व्यापक आलोचना भइरहेको छ । अध्यादेशको सत्तारुढ दल नेकपासहित प्रतिपक्ष दलका नेताहरुले विरोध गरिरहेका छन ।

लामो समयदेखि संवैधानिक परिषद् बैठक बस्न नसकेका कारण धेरै संवैधानिक आयोगहरुमा पदपूर्ति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...