HomeFeatureअपहरण गरी नेपाल पुर्याईएका भारतीय नागरिकको नेपाल प्रहरीद्वारा उद्दार

अपहरण गरी नेपाल पुर्याईएका भारतीय नागरिकको नेपाल प्रहरीद्वारा उद्दार

2 अक्टूबर 2021

भारतबाट अपहरण गरी नेपाल पुर्याईएका एक जना भारतीय नागरिकको नेपाल प्रहरीले सप्तरीमा उद्धार गरेको छ । अपहरित भारतीय नागरिकको सप्तरीको बलान बिहुल गाउँपालिकाबाट उद्धार गरिएको प्रहरीले जनाएको छ। अपहरणमा परेका भारतको बिहार राज्यको मधुबनी लौकाहा ग्राम पन्चायत वडा नम्बर ९ बस्ने २२ बर्षिय शंकरकुमार साहको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो। बलान बिहुल गाउँपालिका वडा नम्बर ५ रामनगरस्थित नेपाल भारत सीमानजिक झाडीमा खुट्टामा साङ्लोले बाँधेर राखिएको अवस्थामा साहको  उद्धार गरिएको बताईएको छ। साहको अज्ञात समूहले अपहरण गरी नेपालको दशगजातर्फ लगेको सूचना भारतीय प्रहरीले दिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले अपहरितको खोजीकार्य गरेको थियो । अपहरित साहलाई उद्धार गरिएपनि अपहरणकारी फेला नपरेको इलाका प्रहरी कार्यालय कडरबोनाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...