30 सितम्बर 2021
तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि अब त्यहाँका पूर्व उपराष्ट्रपति अमरुल्ला सालेह निर्वासनमा सरकार गठन गरेका छन्। सालेहले भने, उनी निर्वासनमा रहेको यस सरकारको केयरटेकर प्रेसिडेंट हुनेछन्, किनकि पूर्व राष्ट्रपति अशरफ गनी न उनीसंग छन् न उनी अफगानिस्तानमा छन्। सालेह हाल स्विट्जरल्याण्डमा उपस्थित छन। केही दिन पहिला तालिबानले पञ्जशीरमा उनको भाइको हत्या गरेको थियो।









































