काठमाण्डौ, 4 सितम्बर 2021
अफगानिस्तानको राजधानी काबुलमा तालिबानी शासनको डर, त्रासकाबीच पनि महिलाहरु सडक आन्दोलनमा उत्रिएका छन्। तालिबान साशनअन्तर्गत राजनैतिक अधिकारको खोजीको विरोधमा उत्रिएकी, प्रर्दशनकारी महिलामाथि दमन गरिएको छ । शनिबार अफगान महिलाहरूको अधिकारको सुनिश्चितताको माग गर्दै भएको प्रदर्शनमा तालिवानले लाठी चार्जका साथै आश्रु ग्यास प्रहार गरेको थियो । आश्रु ग्यास सहित गरिएको लाठिचार्जमा परि कयैं प्रदर्शनकारी महिलाहरु घाइते भएका छन। महिला अधिकारकर्मीहरुको नेतृत्वमा शनिबार भएको विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारी महिलाहरुले तालिबानले कुटपिट गरेको समेत आरोप लगाएका छन । तालिबानले प्रदर्शनकारीहरु राष्ट्रपतिको कार्यालयतर्फ अघि बढ्ने क्रममा लाठी तथा अश्रु ग्यास प्रहार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएको छ। महिला कार्यकर्ता र प्रदर्शनकारीहरुले राष्ट्रपति भवन A R G को गेट अगाडि विरोध प्रदर्शन गर्न चाहेको बताईएको छ ।









































