काठमाण्डौ, 13 अगस्त 2021
तालिबानले अफगानिस्तानका थप दुई सहर आफ्नो कब्जामा लिएको दाबी गरेको छ। तालिबान लडाकुको समूहले कान्दहार र लस्कार गाह सहर नियन्त्रणमा लिएको दाबी गरेको हो। देशकै दोस्रो ठूलो सहर कान्दहार नियन्त्रणमा लिनु आफूहरुको ठूलो सफलता भएको तालिबानले दाबी गरेको छ। दक्षिण अफगानिस्तानका यी दुई सहर तालिबानका लागि निकै महत्त्वपूर्ण विजय भएको लडाकुहरुले दाबी गरेका छन्। कान्दाहार अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो। अफगानिस्तानमा जारी संघर्षका बीचमा तालिबानले बिहीबार मुख्य सहर घाज्नी र हेरात पनि आफ्नो नियन्त्रणमा लिएको बताएको थियो।









































