HomeFeatureअब देशभरीका होटललाई क्वारेन्टाइन बनाउने तयारी

अब देशभरीका होटललाई क्वारेन्टाइन बनाउने तयारी

काठमाडौँ, १८ मार्च,२०२०
पछिल्लो समयमा कोरोना भाईरसले महामारीको रुप लिएको छ । पर्यटकलाई नेपालमा रोक लगाइएपछि खाली भएका होटलहरुलाई सरकारले क्वारेन्टाइन बनाउने तयारी गरेको छ । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका होटलहरुलाई क्वारेन्टाइन बनाउन लागिएको हो ।

होटेललाई अस्थायी क्वारेन्टाइन र अस्पतालका रूपमा प्रयोग गर्न सरकारले होटेल संघ नेपाल (हान)लाई प्रस्ताव गरेकोमा होटल व्यवसायीहरु यसमा सहमत भएका छन् । यस विषयमा आफुहरु सकारात्मक रहेको र कसरी प्रयोग गर्ने भन्ने बारे छलपल चलिरहेको हानका प्रथम उपाध्यक्ष विनायक शाहले बताए ।

कोरोना फैलिएर भयावहको अवस्थामा होटेल प्रयोग गर्ने गरी छलफल थालिएको हो । यसैबीच होटेल संघ नेपालको क्षेत्रीय संघ भैरहवाले होटेललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न दिने निर्णय नै गरिसकेको छ । सिद्धार्थ होटेल संघ (सान)ले संस्थागत निर्णय गरेर जस्तोसुकै सहयोग गर्न तयार भएको जनाएको हो ।

हानका अनुसार पर्यटकस्तरका होटेलमा दैनिक ६५ सय मानिसलाई क्वारेन्टाइनमा राख्न सकिन्छ । ‘हामीसँग दैनिक ६ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमता छ, सोही कोठाहरू प्रयोगमा ल्याउन सकिन्छ,’ उपाध्यक्ष शाहले भने । अहिले पाँच तारे होटेल मात्रै १२ वटा पुगिसकेका छन् । ‘अहिले होटेलको अकुपेन्सी भनेको १० प्रतिशत हो, त्यो पनि घट्दो क्रममा रहेको छ,’ शाहले भने । होटेल नै खाली भए पनि राज्यलाई अप्ठ्यारो पर्दा सहयोग नगर्ने कुरै नहुने शाहले बताए ।

होटेल संघले देशभरका आफ्ना सदस्यहरूलाई धारणा तयार गर्न बुधबार भेला आयोजना गरेको छ । कोरोनाको होटेलमा परेको असर र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने शाहले बताए । सबै लक डाउन गरिएपछि आन्तरिक पर्यटन प्रवर्द्धन गर्न दिनसमेत सरकारसँग माग गर्ने तयारी रहेको समेत शाहले जानकारी दिए । सबै लक डाउन गरेपछि बिदा दिएर आन्तरिक घुमफिरमा निस्किने हो भने पनि धेरै हदसम्म अर्थतन्त्र जोगाउन सकिने तर्क शाहले गरे ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...