दिल्ली, 9 मार्च 2023
चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकको बिहीबार बिहान नयाँ दिल्लीमा निधन भएको छ। उनको ६६ वर्षको उमेरमा निधन भएको छ। शवना आजमीको निवासमा मस्तसँग ७ मार्चमा होली मनाएर उनी पारिवारिक होली खेल्न दिल्ली गएका थिए। महिमा चौधरी, जाबेद अख्तरसँग होली खेलेको त्यो होलीको तस्विर उनले सामाजिक सञ्जालमा राखेका थिए। हृदयाघातका कारण उनको निधन भएको छ। सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए। बलिउडमा आउनुअघि उनले नाट्य शालाहरुमा अभियन गर्थे। उनले नेसनल स्कुल अफ ड्रामा, नयाँ दिल्ली तथा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट, पुनामा अभियन सिकेका थिए। कौशिकले अभियन गरेका मिस्टर इन्डिया (१९८७), दिवाना मस्ताना (१९९७) चर्चित फिल्म हुन्। उनले सन् १९९० मा ‘रामलखन’ र सन् १९९७ मा ‘साजन चले ससुराल’ फिल्मबाट फिल्मफेयर बेस्ट कमेडियन अवार्ड पाएका थिए।
‘रूप के रानी चोरोंका राजा (१९९३) फिल्मबाट निर्देशनमा आएका कौशिकले ‘हम आपके दिलमे रहेते है (१९९९), ‘तेरे नाम (२००३) जस्ता चर्चित फिल्म निर्देशन गरेका थिए।









































