नयाँ दिल्ली डेस्क, 29 अप्रेल
कोरोना भाइरस (कोभिड-19) बाट अमेरिका सबैभन्दा बढी प्रभावित बनेको छ। कोरोना संक्रमणको पछिल्लो केन्द्र बनेको अमेरिकामा संक्रमितहरूको संख्या 10 लाख 35 हजार 765 पुगेको छ। त्यस्तै यस भाइरसबाट मृत्यु हुनेहरूको संख्या 59 हजार 266 पुगेको छ।
अहिलेसम्म 59 लाख 19 हजार 847 परीक्षण भइसकेको अमेरिकामा 1 लाख 42 हजार 238 जना भने उपचारपछि सन्चो भएका छन्। त्यसैगरी 8 लाख 34 हजार 261 अझैपनि संक्रमित छन्। उनिहरूको विभिन्न अस्पतालहरूमा उपचार चलिरहेको छ।
विश्वभरीको तथ्याङ्क हेर्ने हो भने, विश्वमा कोरोना संक्रमितहरूको संख्या 31 लाख 52 हजार 556 पुगेको छ। त्यस्तै 2 लाख 18 हजार 491 जनाले ज्यान गुमाइसकेका छन्। 9 लाख 64 हजार 848 जना भने उपचारपछि ठिक भएका छन्।
कोरोना संक्रमणको सुरूवाती केन्द्र रहेको चीनमा भने पछिल्लो समय संक्रमित र मृतकको संख्यामा स्थिरता आएको छ।









































