HomeFeatureअमेरिकामा  विदेशीसँगै  नेपाली समुदायले पनि  मनाए ह्यालोविन

अमेरिकामा  विदेशीसँगै  नेपाली समुदायले पनि  मनाए ह्यालोविन

1 नवम्बर 2021

हरेक वर्षको अक्टोबर ३१ तारिखमा पर्ने ह्यालोविन पर्व (२०२१) नेपाली समुदायले  पनि अमेरिकामा    विदेशीसँगै  खुसी तथा मनोरञ्जनपूर्वक मनाइएको छ। विभिन्न राज्य तथा शहरहरुमा समय फरक भएकाले कतै छिटो र कतै ढिलो मनाउने क्रम जारी रहेको छ ।  नेपालीहरुको महान चाड दसैं समाप्तपछि यस बर्ष ह्यालोविन पर्व आएको छ । अमेरिकामा नेपाली समूदायले जन्मेका दोश्रो पुस्ता ,सानोमा अमेरिका आएका र विद्यालय समेत जान थालेका छोराछोरीको साथमा ह्यालोविन पर्व मनाएका छन् । ह्यालोविन (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै मुलुकहरुमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो। ह्यालोविन इसाईहरूको एक चाड हो। ह्यालोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ। यो चाड इसाई धर्ममा ज्यादा प्रचलित छ। अमेरिकामा मनाइने इसाई पर्व (क्रिसमस) थाङ्क्स गिभिङ्ग (धन्यवाद दिवस) सहित ह्यालोविन पर्वलाई अमेरिकामा रहेका नेपाली समूदायले विदेशीले जस्तैमनाउन सुरु गरिसकेका छन् ।तिहारमा देउसी भैलो खेले जस्तै अमेरिकाका बालबालिकाहरूले ‘ट्रिक अर ट्रीटिंग’ भन्दै ह्यालोविन पर्व मनाउँछन् । साथै, ‘ह्यापी ह्यालोविन’ भन्ने पनि चलन छ । यसरी विदेशीहरुले खेले झैँ नेपाली बालबालिका किशोर किशोरीहरुले समेत आफ्ना छर– छिमेक र नजिक पर्ने ठाउँमा ह्यालोविन पर्व हर्षोल्लासका साथ मनाएका छन् । ह्यालोविन शब्दको प्रयोग पहिलो पटक सोह्रौं शताब्दीमा प्रयोग गरिएको हो भने स्कट ल्याण्डमा All-Hallows’-Even (“evening”) को मतलब अर्थात् हेलोविन रात्रिभन्दा अगाडी हो । यो आत्मा दिवसको पूर्व सन्ध्या हो भने सन्यासी दिवसको नामले पनि जानिन्छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...