HomeFeatureअमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) सम्झौता कुनै हालतमा अघि नबढ्ने प्रचण्ड द्वारा स्पष्ट

अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) सम्झौता कुनै हालतमा अघि नबढ्ने प्रचण्ड द्वारा स्पष्ट

काठमाडौं, 16 जून 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) सम्झौता कुनै हालतमा अघि नबढ्ने स्पष्ट पार्नुभएको छ । रितबहादुर खड्का स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा भएको कार्यक्रममा प्रचण्डले वर्तमान सरकारले एसपीपी सम्झौता गर्न लागेको झुटो प्रचार भएको भन्दै कुनै सैन्य सम्झौता नहुने स्पष्ट पार्नुभएको हो । राष्ट्रवादको पाखण्डी प्रचारले केही नहुने उल्लेख गर्दै प्रचण्डले उक्त सम्झौता केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अघि बढेको दावी गर्नुभयो । प्रधानमन्त्रीले समेत कुनै पनि हालतमा त्यस्तो सम्झौतामा जान्न भनेर प्रतिवद्धता जनाइसक्नुभएको उहाले बताउनुभयो । अध्यक्ष प्रचण्डले गठबन्धन नेपालको राष्ट्रिय स्वाधिनता, विकास र समृद्धिको पक्षमा दृढताका साथ उभिने बताउनुभयो । त्यस्तै उहाले स्थानीय तहको निर्वाचनमा कांग्रेसले बढि वा अरु दलले कम सिट जिते पनि परिवर्तनका पक्षधरको बिजयी भएको उल्लेख गर्नुभयो । अव प्रदेश र संघको निर्वाचन पनि सहकार्यका साथ सम्पन गर्नुपर्ने भन्दै उहाले परिवर्तनलाई उल्टाउनेलाई परास्त गर्नुपर्ने जिकिर गर्नुभयो । उहाले बिभिन्न आन्दोलनका सहिदहरुकै कारण मुलुकमा परिवर्तन सम्भव भएकाले परिवर्तन जोगाउदै अघि बढ्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...