काठमाडौं, 20 सितम्बर 2021
जर्मनीको फ्रयांकफर्ट विमानस्थलबाट झण्डै ६० जना नेपालीहरू पक्राउ परेका छन्। जर्मन प्रहरीले, अमेरिका छिर्न खोजेका नेपालीहरूलाई पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानूनी रुपमा अमेरिका छिर्न भनेर खोजेका थिए । पक्राउ पर्नेमा यही रुटबाट मेक्सिको पुगेपछि प्रहरीले फ्रयांकफर्ट फर्काइदिएका र मेक्सिको उड्ने तयारीमा छन् । जर्मनीस्थित नेपाली राजदूतले मेक्सिकोबाट डिपोर्ट भएकालाई मस्को फिर्ता पठाउने जनाए । विमानस्थलको ट्रन्जिटस्थित प्रहरी नियन्त्रणमा रहेकामध्ये एक नेपालीले सुरक्षाका कारण आफ्नो नाम नखुलाइदिन आग्रह गरेका छन् ।पक्राउ परेकाहरूले आफन्तलाई विश्वास गरेर उनीहरूलाई अमेरिका छिर्नका लागि जनही ३८ लाख रुपियाँ तिरेका छन् । राजदूतले जर्मनीको सुरक्षा एजेन्सीसँग सम्पर्क गर्दा १८ जना नेपाली जर्मन प्रहरीको नियन्त्रणमा रहेको जनाएका छन् । पक्राउ परेकामध्ये ६ जनासँग जापानको नक्कली भिसा भएकाले शंका लागेर समूहका सबैलाई नियन्त्रणमा लिइएको जर्मन सुरक्षा संस्थाले जनाए। फ्रयांकफर्ट विमानस्थलमा कार्यरतले १८ जनासहित मेक्सिकोबाट फर्काइएका र मस्कोदेखि मेक्सिको जान उडेका अन्य नेपालीसमेत गरी करिब ६० जना रहेका बताए ।









































