दिल्ली, 4 अक्तूबर 2021
स्विडेनमा शरीरविज्ञान तथा चिकित्साशास्त्र तर्फ 2021 को नोबेल पुरस्कार अमेरिकी र लेबनानका वैज्ञानिकहरुले पाउने भएका छन । सो नोबोल डेभिड जुलियस र अर्डम पाटा पोटियन लाई संयुक्तरुपमा प्रदान गरिने घोषणा गरेको छ । स्विडेनको स्टक होम स्थित नोबेल कमिटीले डेभिड र अर्डम वैज्ञानिकलाई शरीरविज्ञान र चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको छ । सोमबार स्नायु प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्ने विषयमा अनुसन्धान गरेका वैज्ञानीकलाई नोबेल पुरस्कार दिने घोषणा गरिएको हो। शुक्रबासम्म हरेक दिन नोबेल विजेताको घोषणा नोबेल पुरस्कार कमिटीले गर्ने भएको छ। नोवेल बिजेत वैज्ञानकहरीले एक गोल्ड मेडल सहित 10 मिलीयन स्वीडिश क्रोनोर अर्थात एक दशमलब एक चार मिलिएन डलर पुरुस्कार राशि पाउने भएका छन।









































