दाङ, 6 मार्च 2020/हिम शाह
दाङको अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिले एक करोड मूल्यको बस भित्र्याईएको छ । प्रालिले भ्याकिङ् एयर सस्पेन्सर एसी बस भित्र्याईएको हो । उक्त बस फागुन २४ गते तुलसीपुर–काठमाडौं चल्नेछ प्रालिका सदस्य भिमबहादुर खत्रीले बताए ।
उनका अनुसार ३९ क्षमता भएको लग्जरी सिट , एसि, सिसी क्यामेरा जडान गरिएको छ । यो गाडीले अन्य गाडीजस्तो नझ्याक्ने उनको भनाई छ । १/१ करोडका दुईवटा गाडि भित्र्याएको उनको भनाई छ ।
उक्त गाडीमा दाङ–काठमाडौंकालागि एकहजार दुईसय ५० रुपैँया भाडा निर्धारण गरिएको छ । गाडिमा मिनरल वाटर र कुकिज सेवा समेत रहेको छ । अहिले प्रालिले दाङबाट नेपालगन्ज र काठमाडौंका लागि दिवा सेवा र रात्री सेवालाई निरन्तर सञ्चालन गर्दै आएको छ ।









































